सलमान खानलाई छोडेर रोमानिया गएकी भनिएकी लुलिया भन्तुर फेरि मुम्बई फर्किएकी छन् । लुलिया भारत फर्किएपछि भारतीय सञ्चार माध्यमले उनी फेरि सलमानको जीवनमा समेत फर्केको उल्लेख गरेका छन् ।
लुलिया लामो समय रोमानियामा बसेपछि उनको र सलमान खानको ब्रेकअप भएको आशंका गरिएको थियो । हुन पनि लुलियाले एक रोमानियन न्यूज पोर्टललाई दिएको अन्र्तवार्तामा भारतीय कल्चरमा भिज्न आफुलाई धेरै गाह्रो परेको बताएकी थिइन् ।
रोमानियाबाट फर्केपछी लुलियाले सलमानलाई भेटिसकेकी छन् । हेलेनको बर्थडे पार्टीमा लुलिया देखिएकी हुन । जहाँ सलमान लगायत खान परिवारका सबै सदस्यको उपस्थिति थियो ।
के त्यसो भए लुलियासलमानको जीवनमा फेरि प्रवेश गरेकी हुन त ?
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसको अनुसार सलमानसँग उनको ब्रेकअप नै नभएकाले उनी फेरि सलमानको जीवनमा पुनः प्रवेश गरेको भन्न मिल्दैन ।