बलिउडमा भर्खरै मात्र भएको एउटा डिभोर्स चर्चित रह्यो । नायक तथा निर्माता अरबाज खान र मलाइका खानको सुन्दर जोडी एकाएक अलग हुँदा धेरैलाई आश्चर्य पनि लाग्यो ।
कतिले यी दुई जोडीको एक–आपसमा मिल्ती नरहेको बताउँदै डिभोर्स रहेको बताए भने कतिले बलिउडका अर्का नायक अर्जुन कपुरलाई यी दुईको विछोडको कारक माने ।
यो कारण पनि यसरी सत्य देखिन्छ कि मलाइका र अर्जुन कपुरलाई धेरैले सँगै र अझ मध्यरातमा पनि भेटेका थिए ।
त्यसो त मलाइका र अर्जुन बीचको अफेयरको हल्ला चलेको पनि धेरै समय भइसकेको छ ।
तर निकै लामो समयपछि मलाइकाले आफ्नो र अर्जुनबीचको सम्बन्धका बारेमा मुख खोलेपनि मानिसहरु उनको कुरालाई पत्याइरहेका छैनन् ।
मलाइकाले आफु दुई निकै मिल्ने साथी रहेको बताएपछि मानिसहरुले उनीहरुको दोस्तिलाई अर्कै अर्थ लगाउन थालेका छन् । उनीहरुले यी दुईलाई मिल्ने मात्र नभई सबैभन्दा मिल्ने तथा अति मिल्ने साथीका रुपमा अथ्र्याएका छन् ।
मध्यरातमा मलाइका अर्जुनको अपार्टमेन्टमा भेटिनुले पनि मानिसहरुको यो आरोपलाई पुष्टि गर्छ । तर के साच्चै, मलाइकाको डिभोर्सको पछाडि अर्जुनको हात छ त ?