सुदूरपश्चिमको विकट जिल्ला बझाङ सदरमुकाम चैनपुरमा रहेको एकमात्र विमान स्थल खेल मैदानमा परिणत भएको छ ।
विगत पाँच वर्षदेखि यो विमानस्थलमा जहाज बसेको छैन । विमान स्थलका भवनहरु जीर्ण वनेका छन । विमान आउन छोडेपछि स्थानीयवासीले मैदानलाइ खेलमैदान र घाँसे मैदानको रुपमा प्रयोग गरेका छन । जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुका लागि पर्याप्त मात्रामा खेलमैदान नहुँदा बिमान स्थललाई खेलमैदानका रुपमा प्रयोग गरेको छ । एकमात्र हवाइ सेवा वन्द भएपछि स्थानीय वासिन्दाले आकस्मिक विरामी परेर अन्यन्त्र जानु परेमा अकालमै ज्यान गुमाउनु पर्ने वाध्यता छ ।
वि.सं.२०३४ सालदेखी नियमित उडान रहेको नेपाल वायु सेवा निगमको नेपालगञ्ज,बझाड र धनगढी साताको दुई दिन उडान गर्दै आएको थियो ।
विमान सेवा बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई समेत अन्यत्रै सरुवा गरिएको छ । बझाड हँुदै तिव्वतको मानसरोवर र साईपाल हिमाल जाने छोटो रुट हुदाँ यस विमान स्थललाई सरकारले छिटो संचालनमा ल्याउनुपर्ने स्थानीय वासिन्दाको माग छ । -सरल पत्रिका