पछिल्लो समय बलिउड नायिका करिश्मा कपुर चलचित्र क्षेत्रदेखी टाढै छिन् । विवाह बन्धनमा बाँधिएपछि करिश्मा यदाकदा मात्र चलचित्रमा देखिने गरेकी करिश्मा फेरी एकपटक चलचित्रमा देखिने भएकी हुन् ।
तर लामो समयको ग्याप चिर्दै करिश्मा फेरी चलचित्रमा देखिने तरखरमा रहेकी करिश्मा नायक सलमान खानसँग चलचित्रमा सँगै काम गर्न लागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
९० को दशकको सर्वाधिक सफल चलचित्र ‘जुडुवा’ लाई लिएर निर्माण हुन लागेको यसको सिक्वेल ‘जुडुवा–२’ मा यो जोडी सँगै देखिन लागेको हो । सन् १९९७मा निर्मित चलचित्र जुडुवामा सलमान र करिश्मा नै मुख्य भुमिकामा थिए ।
तर यी दुई जोडिको भुमिका भने चलचित्रमा निकै छोटो हुने बताइएको छ ।
यसै चलचित्रका निर्देशक डेभिड धावनका छोरा बरुण धावनले नै चलचित्रमा मुख्य पात्रको रुपमा अभिनय गर्नेछन् । यो चलचित्र सन् २०१७ मा प्रदर्शनमा आउने बताइएको छ ।