बलिउडका नायक आमिर खानको घरमा चोरी भएको छ । चोरले आमिरकी श्रीमती किरण रावको १ करोड २८ लाखको गहना चोरेको प्रहरीलाई उद्घृत गर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन् । आमिरको मुम्बईको बान्द्रास्थित घरमा चोरी भएको हो ।
चोरीपछि किरणका आफन्तले खार पुसिल स्टेशनमा मुद्दा दर्ता गराएका छन् । चोरले किरणको किरणको बेडरुमबाटै औंठी र हिराको नेकलेस चोरेको बताइएको छ ।
किरण हाल अमिरसँग कार्टर रोडस्थित एक अपार्टमेन्टमा बस्छिन् । बान्द्रास्थित यो घरमा उनीहरु कहिलेकाँही मात्र जाने गर्दछन् ।