‘दीया और बाती हम’की आइपीएस सन्ध्या राठी (सन्ध्या बिन्दणी) को भूमिका निभाइरहेकी लोकप्रिय नायिका दीपिका सिंहले कपिल शर्माकी अनस्क्रीन पत्नी बन्ने अफर अस्वीकार गरेकी छिन् ।
रिपोर्टहरुकाअनुसार दीपिकालाई ‘द कपिल शर्मा शो’मा क्यारेक्टर राजेश अरोडा (कपिल शर्मा) को पत्नीको रोलका लागि प्रस्ताव गरिएको थियो ।
तर, उनले नयाँ असाइन्मेण्ट लिनुपूर्व धेरै कुरा सेटल गर्नुपर्ने भन्दैं अस्वीकार गरिदिएकी छिन् ।
दीपिकाले अहिलेसम्म ‘दीया और बाती हम’का प्रोडुयसर शशी र सुमितले १.१४ करोड रुपैयाँ दिएका छैनन् । गसिपहरुअनुसार शशी र सुमितको दीपिकासँग विवाह भएपछि उनको पारिश्रमिकबाट ६७ लाख रुपैयाँ कटौती गर्न खोजिरहेका छन् ।
उनलाई पटक—पटक ढिलो गरी पारिश्रमिक दिइदैं आइएको थियो । सुत्रहरुकाअनुसार दीपिकाले मासिक रुपमा पारिश्रमिक पाउनुपर्ने थियो । तर, अचम्मलाग्दो कुरा त के भने ७ महिला ढिलो गरी उनले पारिश्रमिक पाइरहेकी थिइन ।