आजका चर्चित बलीउड गायक अरिजीत सिंह पहिलो पटक गायन रियालिटी शो फेम गुरुकुल (२००५) मा देखिएका थिए । तर, उनले यो रियालिटी शो जित्न सकेनन् तर दर्शकमाझ भने उनी निकै लोकप्रिय भए । ६ बर्षसम्म स्ट्रगल गरेपछि उनलाई ठूलो अवसर मिल्यो ‘मर्डर २’ को ‘फिर मोहब्बत…’ गीत गाउने । आज टप गायकको सूचीमा दर्ता भइसकेका अरिजीतले हालैमा आफ्नो करियरलाई लिएर ठूलो बयान दिएका छन् ।
एक अन्तर्वार्तामा अरिजीतले बताएका छन् की उनको गायन करियरको यस बर्ष अन्तिम बर्ष हुन सक्छ । उनले भने, ‘मलाई लाग्दैन कि मेरो सफर धेरै लामो छ । सायद (गायनमा) यो मेरो अन्तिम बर्ष हो । धेरै जसो अबस्थामा बलीउडका नयाँ गायकहरु (जो आज टपमा छन्) ५/६ बर्षमा रिप्लेस हुने गर्छन ।’
सिर्फ यस कन्डिशनमा टिक्न सक्छन् अरिजीत
अरिजीतले अन्तर्वार्ताको दौरानमा अगाडी भने, ‘हुन सक्छ कि म यसलाई बदलुँ । यदी म खास जनरमा निकै मेहनत गरुँ तब मात्र ज्यादा भन्दा ज्यादा समय विताउन सक्छु । यसो भयो भने एकै नाशको गीत परफर्म गर्नेमा म एक्लै हुनेछु ।’