एक दर्जन बलिउडका स्टारका छोराछोरीसहित नयाँ वर्षमा पाकिस्तानका ४ र एक जना बंगलादेशी कलाकार बलिउड फिल्म उधोगमा प्रवेश गर्दैछन् । यी नयाँ कलाकारहरुको कमाइ १० लाखदेखि एक करोडसम्म हुनेछ ।
सलोनी सनी देवलका छोरा रक्की देवलको श्रीदेवीकी छोरी जान्हवी कपुर र सैफ खान—अमृता सिंहकी छोरी सारा खानसहित नवप्रवेशीभन्दा बढी पारिश्रमिक रहेको छ । उनी १ करोड रुपैयाँ पारिश्रमिक लिएर बलिउडमा पाइला राख्दैंछन् ।
सलमान आफ्ना बहिनीका श्रीमान आयुष शर्माका लागि पनि अर्को वर्ष फिल्मको योजना बनाइरहेका छन् । सलमानको निर्देशनमा उनका बडिगार्ड शेराका छोरा टाइगरको पनि प्रशिक्षण चलिरहेको छ । अर्को वर्ष फिल्मको घोषणा हुन सक्छ । पद्यमिनी कोहल्पुरका छोरा प्रियांक र भाग्यश्रीका छोरा अभिमन्यु दासानी पनि प्रशिक्षण लिइरहेका छन् । प्रियांकका लागि उनका पिता निर्माता प्रदीप शर्मा फिल्म बनाउँदैंछन् भने भाग्यश्री पनि आफ्ना छोराका लागि केही स्क्रीप्त पढिरहेकी छिन् । यी चारलाई १५ देखि २५ लाख पारिश्रमिक मिल्नेछ ।
१. इशान खट्टर
पारिश्रमिक स् ५० लाख रुपैयाँ
शाहिद कपुरका सौतेला भाइ इशान खट्टर पनि तीन वर्षदेखि फिल्ममा आउने तयारी गरिरहेका छन् । डान्समा विशेष रुची राख्ने इशान जान्हवीसँग सैराटको हिन्दी रिमेकमा लिड रोलमा देखिनेछन् ।
२. सारा अली खान
पारिश्रमिक : ३५ देखि ४० लाख रुपैयाँ
सैफ अली खान र अमृता सिंहकी छोरीको डेब्युका लागि कयौं प्रस्तावमाथि कुराकानी भइरहेको छ । फाइनल फैसला अमृता सिंहकै हुनेछ । सन् २०१७ मा सारा फिल्मको सुटिङमा हुनेछिन् ।
३. उत्कर्ष शर्मा
निर्देशक अनिल शर्माका छोरा उत्कर्ष शर्मा पिताले निर्देशक गर्ने फिल्म ‘जिनियस’बाट बलिउडमा पाइला टेक्दैछन् । सन् २०१७ मा सुटिङ हुने यो फिल्मबाट उनी ३० लाख पारिश्रमिक पाउनेछन् ।
४. सजल अली
पाकिस्तानकी सुन्दरी कलाकार सजल अली ४० लाख पारिश्रमिक लिएर श्रीदेवीको फिल्म ‘माम’मा उनकी छोरीको भूमिका निभाउँदैंछिन् ।
५. अहान सेठ्ठी
साजिद नाडियाडवालाको ब्यानरबाट सुनिल सेठ्ठीका छोरा अहान फिल्ममा आउँदैंछन् । उनी एडभान्स कोर्सका लागि लण्डन जाँदैंछन् । डेब्यु फिल्मबाट उनले ५० लाख पारिश्रमिक लिनेछन् ।
६. माहिरा खान
शाहरुखको फिल्म ‘रईस’मा माहिरा खानको मुख्य भूमिका छ । उनले यसबाट ५० लाख पारिश्रमिक लिएकी थिइन ।
७. रोहन मेहरा
विनोद मेहराका छोरा रोहन मेहरा निखिल आडवाणी लञ्च गर्दैछन् । उनको थ्रिलर फिल्मको चाडै सुटिङ हुनेछ । रोहन पहिलो फिल्मबाट २० लाख पारिश्रमिक पाउनेछन् ।
८. सवा कमर
पाकिस्तानी कलाकार सवा कमर इमरान खानको फिल्म ‘हिन्दी मिडियम’बाट बलिउडमा डेब्यु गर्दैछिन् । उनले यो फिल्मबाट २५ लाख पारिश्रमिक पाउनेछिन् ।
९. मुस्ताफा बर्मावाला
निर्माता निर्देशक अब्बास—मस्तानको जोडी अब्बासका छोरा मुस्तफाको फिल्म मशीन फरवरी सन् २०१७ मा रिलिज हुँदैंछ । जसबाट उनले ३० लाख पारिश्रमिक लिएका थिए ।
१०. निराब हुसैन
बंगलादेशका कलाकार निराब हुसैन पनि बलिउडमा डेब्यु गर्दैछन् । उनी निर्देशक फैजल सैफको फिल्म ‘बला’बाट डेब्यु गर्न लागेका हुन् । उनले १० लाख पारिश्रमिक लिएका छन् ।
११. अदनान सिद्धिकी
पाकिस्तानका कलाकार अदनान सिद्धिकी पनि ४० लाख पारिश्रमिक लिएर बलिउडमा देखिदैंछन् । उनी श्रीदेवीको फिल्म ‘मम’मा श्रीदेवीको पतिको भूमिका देखिदैंछन् ।