सीजी इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना भएको ‘लक्स कामना फिल्म अवार्ड २०७३’ शनिबार राजधानीको आर्मी अफिसर क्लबमा सम्पन्न भएको छ । गतबर्ष भूकम्पका कारण वितरण नगरिएको कामना अवार्ड वि.सं २०७१ सालमा पहिलो पटक आयोजना भएको थियो । प्राविधिक प्रदिप उपाध्याय र निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्दै ‘लक्स कामना फिल्म अवार्ड २०७३’ सुरु भएको थियो ।
यस बर्षको ‘लक्स कामना फिल्म अवार्ड’ गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘फन्को’ बाट नायक सौगात मल्लले सर्वोत्कृष्ट नायकको अवार्ड र ‘क्लासिक’ बाट नायिका नम्रता श्रेष्ठले सर्वोत्कृष्ट नायिकाको अवार्ड उचाले । यस बर्ष आयोजना भएका अधिकांश अवार्डहरुमा चलचित्र ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राई र ‘क्लासिक’ बाट नायक आर्यन सिग्देलले अवार्ड थाप्दै आएका थिए तर कामना अवार्डबाट भने नायक सौगात मल्लले यस बर्ष पहिलो पटक सर्वोत्कृष्ट नायकको अवार्ड हात पारेका छन् । अवार्ड उचाल्न नायिका नम्रता कार्यक्रममा उपस्थित भएकी थिइन तर सौगात अनुपस्थित थिए ।
यस्तै, जुरी अवार्ड भने निर्देशक उज्ज्वल घिमिरे र चलचित्र ‘कबड्डी कबड्डी’ लाई प्रदान गरियो । अन्य विधाहरुमा गायक राजेशपायल राइले क्रिटिक्स (म्यूजिक) अन्र्तगत अवार्ड पाए भने क्रिटिक्स (थिएटर) तर्फको अवार्ड सरिता गिरी र क्रिटिक्स (फेशन) तर्फको अवार्ड प्रशान्त ताम्राकारलाई प्रदान गरिएको थियो । त्यस्तै अवार्ड कार्यक्रममा पपुलर कलाकारको अवार्ड भने नायिका प्रियंका कार्कीले जितेकी छिन् । दर्शकहरुले उनलाई एसएमएसबाट भोटिङ गरेर जिताएका हुन् । प्राविधिक कारणले निकै फितलो देखिएको अवार्ड कार्यक्रममा निकै कम संख्यामा चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नायिका नम्रता सापकोटा लगायतका कलाकारहरुले आफ्नो नृत्य पनि प्रस्तुत गरेका थिए । ‘कामना अवार्ड’ झण्डै ४ घण्टा चलेको थियो ।
यस्ता छन् ‘कामना अवार्ड’ का विजेताहरु :-
उत्कृष्ट चलचित्र
पशुपतिप्रसाद
चलचित्र उत्कृष्ट निर्देशक
पशुपतिप्रसाद – दिपेन्द्र के खनाल
चलचित्र उत्कृष्ट अभिनेता
फन्को – सौगात मल्ल
चलचित्र उत्कृष्ट अभिनेत्री
क्लासिक नम्रता श्रेष्ठ
चलचित्र उत्कृष्ट खलपात्र
पशुपतिप्रसाद – बिपिन कार्की
चलचित्र उत्कृष्ट हास्य कलाकार
अधकट्टी – विल्सन विक्रम राई
चलचित्र उत्कृष्ट सह-अभिनेता
प्रेम गीत – सरोज खनाल
चलचित्र उत्कृष्ट सह-अभिनेत्री
क्लासिक – प्रियंका कार्की
चलचित्र उत्कृष्ट संगीतकार
प्रेम गीत– म यस्तो गीत गाउँछु (अर्जुन पोखरेल)
चलचित्र उत्कृष्ट गीत रचना
प्रेम गीत– म त अलपत्रै पर्छु (डा. कृष्णहरी बराल)
चलचित्र उत्कृष्ट पाश्र्व गायक
प्रेम गीत– म यस्तो गीत गाउँछु (सुगम पोखरेल)
चलचित्र उत्कृष्ट पाश्र्व गायिका
वडा नम्बर ६–सुर्के थैली खै (अञ्जु पन्त)
चलचित्र उत्कृष्ट नव-निर्देशक
ड्रिम्स – भुवन केसी
चलचित्र उत्कृष्ट नव-अभिनेता
नाई नभन्नु ल ४ – पल शाह
चलचित्र उत्कृष्ट नव-अभिनेत्री
ड्रिम्स – सामाज्ञ्री राज्य लक्ष्मी शाह
चलचित्र उत्कृष्ट बाल कलाकार
बागमती – कञ्जन ठकुरी
चलचित्र उत्कृष्ट कोरियोग्राफर
ड्रिम्स– तिमी सामु (कविराज गहतराज)
चलचित्र उत्कृष्ट द्धन्द्ध निर्देशन
भैरव – हिमाल केसी
चलचित्र उत्कृष्ट कथा
पशुपतिप्रसाद – दिपेन्द्र के खनाल
चलचित्र उत्कृष्ट पटकथा
पशुपतिप्रसाद – खगेन्द्र लामिछाने
चलचित्र उत्कृष्ट संवाद
कबड्डी कबड्डी – रामबाबु गुरुङ/उपेन्द्र सुब्बा
चलचित्र उत्कृष्ट उत्कृष्ट छायांकार
ड्रिम्स – पुरुषोत्तम प्रधान/सञ्जय लामा
चलचित्र उत्कृष्ट पाश्र्व संगीत
ड्रिम्स – शैलेश श्रेष्ठ
चलचित्र उत्कृष्ट श्रृंगार
ड्रिम्स – निमा लामा
चलचित्र उत्कृष्ट ध्वनि मुद्रण
क्लासिक – अनिश श्रेष्ठ
चलचित्र उत्कृष्ट सम्पादन
क्लासिक – सुरेन्द्र पौडेल