नायक भुवन केसीसँग कुनै न कुनै यूवतीको नाम नजोडिने त कुरै हुँदैन । किनकी २ श्रीमतीका पति भुवन अहिले पनि यूवतीहरुकै कारणले बेला बखतमा स्क्याण्डलमा फसिरहेका हुन्छिन् । अहिले नायिका जीया केसीसँगको रिलेशनसिपमा रहेका कारण चर्चामा रहेकी नायक भुवन केसी शनिबार काठमाडौंमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’ भने आफ्नो छोरा अनमोल केसीकी हिरोइनसँग देखिए । गएको बर्ष छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ड्रीम्स’ मा काम गरेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँग कुम जोड्दै जब भुवन केसी अवार्ड कार्यक्रममा देखिए तब एकछिन त सबै दंग परे ।
छोरा अनमोल केसीकी हिरोइनसँग एकसाथ अवार्ड कार्यक्रममा देखिएका भुवनले साथमै मिडियाहरुलाई पोज-पोजका तस्बिर पनि खिच्न दिए । कहिले साम्राज्ञीलाई अँकमाल गर्दै त कहिले साम्राज्ञीलाई हेर्दै मुस्कुराइरहे ‘भुवन’ । मिडियाहरुलाई फोटो खिचाउँदा भुवन भन्दै थिए, ‘पहिलो पटक साह्रै लाज लाग्यो ।’
नायक अनमोल केसी कतै आउँछन् कि भनेर प्रतिक्षा गरेका चलचित्रकर्मी, दर्शक देखी पत्रकारहरु जब नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह नै नायक भुवन केसीसँग आएपछि सबै सपना हुरीले उडाए । तर, अनमोल केसी भन्दा कम क्रेज देखिएन अवार्ड समारोहमा भुवनको पनि । रेड कार्पेटमा नायिका साम्राज्ञीसँग हिँड्दा उनलाई छेउमा रहेका केही दर्शकहरुले सेल्फी खिच्न भन्दै हैरान नै बनाए ।
‘कामना अवार्ड’ मा नायक भुवन केसीले चलचित्र ‘ड्रीम्स’ बाट सर्वोत्कृष्ट नव-निर्देशकको अवार्ड हात पारेका थिए भने साम्राज्ञीले ‘ड्रीम्स’ बाटै नव-अभिनेत्रीको अवार्ड थापिन ।