हलीउड सेलिब्रिटीहरु आफ्नो चर्चाका लागि जस्तो सुकै हर्कतहरु गर्न पनि पछाडी पर्दैनन् । आफुलाई बेला बखतमा मिडियाहरुमाझ प्रस्तुत गर्नका लागि हलीउड सेलिब्रिटीहरु विभिन्न काण्डहरु मचाउँदै आइरहेका हुन्छन् । त्यही क्रममा हालै हलीउड गायिका केटी पेरीसँग बिदा मनाइरहेका कलाकार ओरलैंन्डो ब्लूम आपत अबस्थामा फेला परेका छन् । उनी निर्वस्त्र गायिका पेरीसँग समुन्द्रमा देखिएका छन् । त्यस्तै गायिका पेरीपनि विकिनीमा देखिएकी छिन् । ३९ बर्षका यी हलिउड कलाकारको तस्बिर सार्डिनियामा खिचिएको थियो । पेरीसँग लामो समय देखी प्रेम सम्बन्धमा रहेका ओरलैंन्डोको हालै सार्वजनिक भएको तस्बिरले राम्रै तहल्का मच्चाइरहेको छ । उनको यो तस्बिरलाई लिएर मजाक गर्नेहरु पनि अहिले सामाजिक सञ्जालमा प्रशस्तै भेटिएका छन् । आफ्नो निर्वस्त्र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ब्लूममात्र होइन प्रेमिका पेरीपनि तनाबमा छिन् ।