ऐश्वर्या राय बच्चनको बारेमा अहिले एक शकिंग अफवाह सोशल मीडिया र whatsapp मा भाइरल भइरहेको छ । यो दाबी गरिएको छ कि केही दिन अगाडी नायिका ऐश्वर्याले सुसाइडको कोशिश गरेकी थिइन । रिपोर्ट्सका अनुसार, ऐश्वर्या आफ्नो बैबाहिक जीवनदेखी दिकदार छिन् । त्यसैले उनले आफैलाई सुसाइड गर्ने कोशिश गरेको बताइएको छ । बताइएको छ कि जबदेखी ऐश्वर्याले ‘ऐ दिल है मुश्किल’ मा बोल्ड सीन दिइन, तबदेखी बच्चन परिवारमा उनको सम्बन्ध राम्रो छैन ।
यो पनि दाबी गरिएको छ कि जब बच्चन परिवारले यो देखे कि ऐश्वर्याले आफ्नो हात काटेको तब डाक्टरलाई घरमा नै बोलाएका थिए । यति मात्र होइन, एक ब्लगमा त यहाँसम्म पनि लेखिएको छ कि जतिखेर ऐश्वर्या होशमा आइन, तब उनले भनिन्, ‘मलाई मर्न देऊ । यस तरिकाको जिन्दगी जिउनु भन्दा बरु म मर्न चाहन्छु ।’ तर अहिलेसम्म यो विषयमा ऐश्वर्या र बच्चन परिवारको कुनै पनि प्रतिक्रिया आएको छैन ।