पर्दामा निकै रुचाइएको जोडी दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भुमिका रहेको चलचित्र ‘लाल्टिन’ को टीजर सार्वजनिक भएको छ । टीजरमा एक्सन पाटोलाई विशेष देखाउन खोजिएको छ । अधिकांश चलचित्रमा दयाहाङ राईसँग रोमान्स गरेकी नायिका प्रियंका चलचित्र ‘लाल्टिन’ को टीजरमा भने नव-नायक निर्जन थापासँग रोमान्स गरेको देख्न सकिन्छ । टीजरमा सबै कलाकारहरुको भुमिका सस्पेन्समा राखिएको छ । एम सन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र ‘लाल्टिन’ मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलत्रिमा राज कटुवाल र निर्जन थापा नयाँ प्रस्तुतीको रुपमा देखिदैछन् । यो चलचित्र चैत १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
भानु प्रताप प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह-निर्माता हुन् । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन, विनोद ढकाल, किरण माइकल र डीजराज पौडेलको संगीत छ । रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् ।