गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘लुटेरा’ मा नायक निखिल उप्रेतीकी प्रेमिका बनेकी नायिका निशा अधिकारी अहिले ‘रोमियो’ सँगको प्रेममा रमाइरहेकी छन् । ‘रोमियो’ अर्थात नायक हसनराजा खान खानसँग । यति मात्र होइन झण्डै ६ दिनसम्म ‘रोमियो’ हसनराजा खान र ‘बाबरी’ निशा अधिकारी पोखराको सिक्लेसमा मस्ती मूडमा देखिएका थिए । तर, उनीहरु रियलमा भने प्रेममा परेका होइनन् । हाल छायाँकनरत चलचित्र ‘रोमियो’ को एक गीतका लागी हसनराजा र निशा पोखराको सिक्लेसमा रोमान्टिक मूडमा देखिएका हुन् ।
चलचित्र ‘रोमियो’ का लागी खुबै मेहेनत गरिरहेकी नायिका निशाले चलचित्र रोमियोको ‘बाबरी’ बोलको गीतमा आकर्षक देखिनका लागि राम्रै मेहेनत गरेको सुनाइन । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’ मा नीशा अधिकारी, मेलिना मानन्धर, हसनराजा खान र ओसिमा बनुको मुख्य भूमिका छ । निर्माता हसनराजा खानले ६ दिन लगाएर चलचित्र ‘रोमियो’ को ‘बाबरी’ बोलको गीतको छायाँकन गरेको सुनाए । सन्तोष लामा र मेलिना राइको आवाजमा समावेश यो गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । रामेश्वर कार्कीले खिचेको गीतलाई शिशिर खातीले कोरियोग्राफी गरेका छन् ।
३ घन्टासम्म डरलाग्दो बाटोमा हिडेर ‘बाबरी’ गीतको छायांकन गरिएको पनि निर्माता तथा कलाकार हसनराजाले बताएका छन् । यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् ।