उमेरले ५० बर्ष नाघिसकेका नायक राजेश हमाललाई देख्दा अहिले पनि सबैको मुखबाट एउटै शब्द निस्कन्छ ‘कति फिट’ । उमेरलाई चुनौती दिने नायक मध्येका राजेश हमाल पनि एक हुन भन्दा सायद गलत नहोला । उनको कसिलो शरीरको अगाडी अहिले पनि नेपालका एक्शन नायकहरु समेत फिक्का देखिन्छ । दैनिक गर्ने कसरतले पनि हमाललाई राम्रै फिट बनाएको छ । हमालको शरीर हेर्दा लाग्छ ५० बर्ष पुगिसकेका उनको शरीरले तन्देरी अवस्थाका यूवाहरुलाई समेत चुनौती दिँदैछ ।
एक समय मोवाइल समेत नबोक्ने हमाल अहिले दैनिक जसो घण्टैसम्म सामाजिक सञ्जाल फेसबुकमा झुण्डिने गर्छन । फेसबुकमा उनको सक्रियता फोटोहरुबाट नै थाहा हुन्छ । उनी दिनमा आफ्ना कुनै न कुनै तस्बिरहरु पोष्ट गरिरहेका हुन्छ । ‘अब त बुढेस्काल लाग्यो न हैन ?’ भन्ने पत्रकारहरुको प्रश्नमा ‘राजेश हमाल पनि बुढो हुन्छ र ?’ भन्दै हँसिलो जबाफ फर्काउने हमालको उक्त जबाफ तस्बिर हेर्दा सत्य नै हो कि भन्ने महशुस गराउँछ । हालै आफ्नो फेसबुकमा हमालले पोष्ट गरेको तस्बिरहरु हेर्दा यस्तो लाग्छ हमाल अहिले यूवा अबस्थामा छन् ।
हमालले टिर्सट खोलेर देखाएको बडी होस् वा जिम गर्दै गरेका तस्बिरहरु, ति सबै हेर्दा तपाईहरु पनि यस्तै महशुस गर्नु हुन्छ । केही दिन अगाडी हमालले फेसबुकमा जाडोलाई चुनौती दिँदै आफ्नो बडी शो गरेका थिए भने हिजो मात्र उनले हाफ कोटमा कसिलो शरीर देखाएका थिए । तस्बिर हेर्दा लाग्छ के हमाल कहिले बुढो नै हुँदैनन् त ?