हालै मुम्बईमा आयोजित एक अवार्ड सेरमोनीमा सलमान र शाहरुखलाई सोधियो कि उनीहरु किन सँगसँगै फिल्म खेल्दैनन् । दुवैले यसको सकारात्मक जवाफ दिए । शाहरुखले चाँडै यस्तो हुन सक्ने बताए । त्यसपछि दुवै एकसाथ बोले, ‘यसका लागि एक राम्रो लेखक चाहियो, जो हामी दुईका लागि राम्रो स्क्रीप्ट लेख्न सकोस र कोही धैर्यवान निर्देशक यसलाई निर्देशन गर्नु सकुन् ।’
सलमान र शाहरुख दुवै उक्त कार्यक्रमको होस्ट गरिरहेका थिए । शाहरुख र सलमानले को स्टारका रुपमा पहिलो फिल्म करण अर्जुनमा सन् १९९५ मा खेलेका थिए । यो फिल्ममा उनीहरुको जोडी यति हिट भयो कि अर्को वर्ष दोस्रो फिल्म दुश्मन दुनियाँ सन् १९९६ आयो । जसमा उनीहरुको अतिथी भूमिका थियो । तर, दुवैलाई पोष्टरमा स्थान दिइयो र लेखियो कि,‘शाहरुख—सलमान ब्याक टुगेदर’ ।
त्यसपछि शाहरुखको ‘कुछ कुछ होता है’मा सलमानको अतिथी भूमिका थियो । ‘हर दिल जो प्यार करेगा’मा शाहरुख विशेष भूमिकामा देखिएका थिए । त्यसपछि ‘हम तुम्हारे है सनम’मा दुवै एकसाथ देखिए । त्यसपछि उनीहरु दुवै सँगै देखिएका छैनन् ।