एकपछि अर्को गर्दै लगातार सफल चलचित्र दिइरहेकी बलीउड नायिका अनुष्का शर्मा सफलताकै कारण चर्चित छिन् । त्यसो त भारतीय क्रिकेटर विराट कोहलीसँगको प्रेम सम्बन्धका कारण पनि उनी बलीउडमा चर्चा भैरहने नायिकाको रुपमा पनि चिनिन्छिन् ।
उनै नायिकाले हालै विवाहको विषयमा दिएको अभिव्यक्तीले पनि उनलाई फेरी एकपटक चर्चामा ल्याएको छ । उनले आफुलाई विवाह गर्ने निकै मन लागेको बताएकी छन् । आफुलाई सामान्य युवतीका रुपमा उभ्याउँदै अनुष्काले सबैलाई जस्तो आफुलाई पनि विवाहको चाहना रहेको बताएकी हुन् ।
तर उनले विवाहका लागि कुनै हतार नरहेको पनि बताइन् । उनको भनाईलाई उद्घृत गर्दै भारतीय संचारमाध्यमहरुले भनेका छन्–‘म पनि एक सामान्य केटी हुँ । मलाई पनि विवाहको चाहना छ । तर हतार भने छैन ।’ प्रेमी क्रिकेटर विराट कोहलीसंगै पार्टीहरुमा देखिन थालेकी उनी आफ्नो लभ लाइफको बारेमा भने खासै खुल्न चाँहिनन् ।