माघे संक्रान्तिलाई लक्षित गरेर पौष २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘किङ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई धमकेदार एक्शनमा ढालिएको छ भने माया-प्रेमको रस पनि मिसाइएको छ । निखिलले बोलेका संवाद र एक्शनहरुले ट्रेलरलाई थप धमकेदार बनाएको छ । साथै अनुपविक्रम शाही र प्रज्वल सुजल गिरीको भिलेन अवतार पनि गज्जबकै देखिन्छ । नायिका वेनिशा हमाल भने लभ गर्ल बनेकी छिन् । ट्रेलरमा वेनिशाकै कारण अनुप र निखिलबीच घमसान यूद्ध चर्किएको पनि देखाइएको छ । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन ।