सलमान खानले तीनवर्ष अगाडी ‘कफी विथ करण’ सोमा आफु भर्जिन रहेको बताएका थिए । तर, यसै सो को पछिल्लो कार्यक्रममा उनका भाइ अरबाज खानले सलमान खानको सेक्स लाइफबारे खुलासा गरेका छन् ।
‘कफी विथ करन’ को पछिल्लो ताजा प्रोमोमा सलमान खान सेक्स र वर्कआउटका लागि एक महिना पनि कुर्न नसक्ने अरबाजले बताएका छन् ।
प्रोमोको क्रममा करनलाई सलमान र अरबाजसँग र्यापिड फायर राउण्डमा देखिएको थियो । यस क्रममा करनले को चाँही एक महिनासम्म बिना सेक्सको च्यालेन्ज स्विकार गर्न सक्दैन ?
उत्तरमा अरबाजले सलमानको नाम लिएका थिए । अरबाज भने,‘वर्कआउट र मेकआउटमा सलमान खान एकमहिना पनि कुर्न सक्दैनन् । समस्या छ ।’