बलीउडमा बेलाबेलामा विवादीत बयान दिएर चर्चामा आउने आइटम गर्ल राखी सावन्तले पुनः एक बयान दिदै चर्चामा आएकी छिन् । ‘बिग बोस’ को कन्टेसटेन्ट समेत रहेकी उनले एक समय टिभीमा स्वयमभर समेत रचाएकी थिइन् । त्यस समय भएको स्वयमभरबारे उनले आश्चर्य लाग्दो खुलासा गरेकी छिन् । उनको अनुसार राखीले एनआइर बिजनेशम्यान इलेश परुजनवालासँग पैसाका लागि स्वयम्भर गरेकी थिइन् । यस्तै उनले आफ्नो विवाहबारे समेत बोलेकी छिन् ।
छिट्टै नै उनी टिभी क्राइम सो ‘सावधान इण्डिया’ मा बुहारीको भुमिकामा देखिदैछिन् जसमा उनले १६ वर्षे युवासँग विवाह गर्दैछिन् । टिभी सोमा स्वयमभर रचाएकी राखीले केही समय पश्चात सम्बन्ध तोडेकी थिइन् । उनले भनेकी छिन्,‘म झुटो बोल्दिन । मैले इलेशसँग पैसाका लागि विवाह गरेकी थिए । मलाई फ्ल्याट किन्नु थियो ।’ ‘जहाँसम्म विवाहको कुरा छ मैले भविष्यमा डिभोर्स दिनका लागि विवाह गर्न सक्दिन ।’