बलीउडमा केही यस्ता अभिनेताहरु पनि रहेका छन् जसले इन्जिनियरिङको पढाइ सकेपछि फिल्म लाइनमा आफ्नो भविष्य खोजे । केही अभिनेताहरु पारिवारिक दबाबमा आएर इन्जिनियरिङ समेत गरेको बताउँछन् ।
तर, लुकीछिपी फिल्मको बारेमा अध्ययन गर्ने काम उनीहरुले गरेका थिए । अन्तत बलिउडमा उनीहरु सफल भए । आउनुहोस् हेरौ केही इन्जिनियरहरु जो बलिउडको सफल अभिनेता बन्न सफल भए ।
१. कार्तिक आर्यन
फिल्म ‘प्यारका पन्चनामा’ बाट एकाएक चर्चाको शिखरमा पुगेका यी अभिनेता इन्जिनियर हुन् । उनीसँग इन्जिनियरिङ पढाइ सकेपछि फिल्मी लाइनमा प्रबेश गरेका हुन् । उनको पछिल्लो समय रिलिज भएको फिल्म ‘प्यारका पञ्चनामा–२’ ले पनि राम्रो व्यवसायिक सफलता गरेको थियो ।
२. आर. माधावन्
फिल्म ‘थ्रि इडियट’, ‘तनु वेड्स मनु’ जस्ता हिट फिल्म दिएका यी अभिनेता पनि इन्जिनियर हुन् । उनी सर्वोत्कृष्ट एनसीसी क्याडेट पनि हुन् । उनले ब्रिटिस आर्मीसँग ट्रेनिङ, रोयल न्याभी र रोयल एयर फोर्सको पनि तालिम लिएका थिए ।
३. कृति स्यानोन
पेशाले यी अभिनेत्री इन्जिनियर हुन् । फिल्म दिलवालेमा राम्रो अभिनय गरेकी कृति जेपी इन्स्चीटुट अफ इनफेशन टेक्लोजीबाट बि।टेक इन इलेक्ट्रोनिक गरेकी हुन् । फिल्म हिरोपन्तीमा उनलाई बेस्ट डेब्यु एक्ट्रेसको अवार्ड समेत मिलेको थियो ।
४. फवाद खान
फिल्म ‘खुबसुरुत’, ‘कपुर एण्ड सन्स’ हुँदै ‘ऐ दिल हे मुस्किल’ मा जोडदार अभिनय गरेका यी अभिनेता पनि पेशाले इन्जिनियर हुन् । नेशनल युनिभर्सीटी अफ कम्प्युटर एण्ड इमर्जिङ साइन्सबाट उनले टेलिकम इन्जिनियरिङ गरेका हुन् ।
५. सुशान्त राजपुत
पछिल्लो समय अभिनयको हिसाबले निकै चर्चामा रहेका अभिनेता हुन् सशान्त राजपुत । उनले खेलेका फिल्महरुमा उनको अभिनयलाई लिएर चर्चा हुने गर्छ । सिरियलबाट करिअर सुरु गरेका सशान्त पनि पेशाले इन्जिनियर हुन् । पुरै भारतमा इन्जिनियरीङ इन्ट्रान्स परिक्षामा उनी सातौ स्थानमा आएका थिए । उनले फिल्म ‘काइ पो चे’ बाट उनले बलिउड डेब्यु गरेका थिए ।
६. सोनु सुद
बलिउड तथा टोलिउडमा विभिन्न भुमिकामा अभिनय गरेर चर्चा आएका यी अभिनेता पनि इन्जिनियर हुन् । एसवनत्राओ चाभन कलेज अफ इन्जिनियरीङबाट उनले इलेक्ट्रिकल इन्जिनियरीङको अध्ययन पुरा गरेका हुन् । उनले खेलेका फिल्म ‘र।।।राजकुमार’, ‘दबंग’, जोधा अकबर’ ले राम्रो व्यवसायिक कमाइ गरेका थिए ।
७. भिक्की कौशल
रमन रागब, मसान जस्ता फिल्महरुमा अभिनय गरेर चर्चामा आएका भिक्की पनि इलेक्ट्रीकल एण्ड टेलिकम्युनिकेशन इन्जिनियर हुन् । उनले इन्जिनियरीङ सकेपछि सह निर्देशकको पढाइ पनि गरेका थिए । उनी व्यस्त अभिनेताको रुपमा परिचीत छन् ।