पोर्न फिल्म हुँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोनीका जति आलोचक छन् उनी त्यति नै चर्चित पनि। साना बजेटका फिल्मबाट उनी विस्तारै ठूला बजेट र स्टारका फिल्ममा पनि अटाउन थालेकी छन्।
आगामी वर्ष शाहरूख खानको ‘रईश’ मा सन्नी पनि अटाएकी छन्। फिल्मको एक आइटम नम्बरमा उनले कम्मर मर्काएकी छन्। उनले नाचेको सो गीत हाल रिलिज भएको छैन् तर सो गीतले उनका लागि ठूलो अवसर भने जुटाइदिएको छ। एक कार्यक्रमका लागि उनलाई सो गीतमा नचाउनका लागि ठूलो रकम दिएको खबर छ । सनीलाई सो गीतमा नचाउनका लागि निर्माणपक्षले करिब ३.५ देखी ४ करोड भारूको प्रस्ताव गरिएको थियो । भारतीय मिडियाका अनुसार, सनीले रकमको लोभमा भन्दा पनि शाहरुखसँग स्क्रिन शेयर गर्न पाउने भएका कारण ‘रईश’ मा काम गरेकी थिइन ।