केहि समय देखि सामाजिक सञ्जालमा एक बांग्लादेशका मोडल आलम उर्फ अलोम बोगरालाई बंगलादेशभन्दा बाहिरी देशका व्यक्तिहरु कमैले जान्दछन् । तर, उनलाई बांग्लादेशका सुपरस्टार भन्ने गरिन्छ । अलोमको पपुलारिटी यो छ कि उनको फलोअर्सले फेसबुकमा अनगिन्ती फ्यान पेज बनाएका छन् । अलोमको हाउभाउ हेर्न हो भने बलिउड अभिनेता शाहरुख खानको पोज भन्दा कम छैन ।
अलोमको पूरा नाम अशरफुल आलम सईद हो । अलोमको जन्म निकै गरिब परिवारमा भएको थियो । उनका पिता चनाचूर (चनेबाट बनेको डिश) बेचेर गुजरा चलाउने गर्थे । अलोम जब १० बर्षका थिए तब उनका पिताले उनलाई र आमालाई छोडेर दोस्रो बिहे गरे ।
घरको आर्थिक अबस्था निकै कमजोर भएका कारण अलोमले पनि पिताले गरेको विजनेश शुरु गर्न थाले । कामसँग पढाई पनि गरिरहेका थिए उनले । त्यही क्रममा उनले पढाई छोडेर सीडी र केबलको विजनेशमा शुरु गरे त्यसबाट महिनाको ७० देखी ८० रुपैयाँ कमाई हुने गर्थ्यो । तर, अहिले उनी महिनामा करोडौं आम्दानी गर्ने गरेको भारतीय मिडियाहरुले बताएका छन् ।
बंगलादेशमा ५०० भन्दा बढि म्यूजिक भिडियोमा उनले काम गरिसकेका छन् । बलिउडका अभिनेता सलमान खानको एक गीतको म्यूजिक भिडियो समेत उनले काम गरिसकेका छन् ।पहिलो गीत बंगलादेशको स्थानीय टिभिमा बजाए पछि उनको डिमाण्ड बढ्न थाल्यो । स्थानीय टिभिमा गीत हिट भएपछि युट्युवमा उनको भिडियो उनका प्रशंसकले हालिदिए । त्यसपछि त उनी रातारात चर्चित बने । अहिले उनको साथमा एउटा सर्ट चलचित्र, दुई वटा टिभि सिरियल र दुई बिज्ञापनको अफर रहेको छ ।