रितिक रोशन र सुजैन खानबीच डिभोर्स भइसकेको छ । तर, उनीहरुबीच भेटघाट भने भइनै रहन्छ । आफ्ना दुई बच्चाहरुको खुसीका लागि पनि उनीहरु भेट गर्छन् । हालै रितिक रोशन, सुजैन र उनीहरुको बच्चालाई मुम्बइ स्थित रहेको याउत्चा रेस्टुरेन्टमा सँगै देखिएको थियो ।
यस अघि मे महिनामा कान्छो छोरा रिदानको जन्मदिनमा उनीहरुबीच भेटघाट भएको थियो । हाल सामाजिक सञ्जालमा उनीहरुबीच फेरि प्याचअप हुने सम्भावनालाई लिएर चर्चा भएको थियो । तर, सुजैनले प्रष्ट रुपमा अब आफुहरु पुन एक हुन नसक्ने बताएकी थिइन् । हामी एक राम्रो मातापिता भएको र जिम्मेवारी निभाउन कुनै कसर बाँकी नराख्ने उनीहरुले बताएका छन् । बच्चाहरुको इच्छा पुरा गर्न पनि आफुहरु बेलाबेलामा भेट्ने गरेको उनीहरुले बताएका छन् । पछिल्लो समय रिलिज भएको रितिकको फिल्मले बक्स अफिसमा झुर कमाइ गरेको थियो । उनको अर्को फिल्म ‘काबिल’ जनवरी २५ मा रिलिज हुँदैछ ।