पप ब्याण्ड ‘कोल्डप्ले’ का गायक क्रिस मार्टिनले आफ्नो कमाईको दशैं हिस्सा गरीब व्यक्तिहरुलाई मद्दत गर्ने गरेका छन् । क्रिसको सकारात्मक पहलको असर अहिले विस्तारै अन्य साथीहरुमा पनि पर्दै गएको छ ।
एक वेबसाइटका अनुसार, क्रिस मार्टिनकी आमा एलिसन उनको सुरुवाती दिनदेखी नै साझा गर्नेको महत्व सम्झाउँदै उनको पकेट मनीका लागि १० पैसा राख्ने गर्थिन । टिभी शो ‘टुडे’ मा क्रिस मार्टिनका ब्राण्ड साथी जनी बकलेण्डले भने, ‘क्रिस मार्टिनको कमाईको १० प्रतिशत हिस्सा दानमा जाने गर्छ ।
क्रिस मार्टिनले बताए कि, ‘मलाई गोजी खर्च १० पैसा मिल्ने गर्थ्यो । पहिलो पटक आमाले मलाई नौं पैसा दिने गर्थिन । त्यस बेला मेरो प्रतिक्रिया केही यस्तो हुने गर्थ्यो, ‘यो के हो ?’ त्यस बेला आमाले भन्न्ुभएको थियो कि ‘यसको बानी बनाउन सुरु गर छोरा ।’ आमा आज पनि मलाई हप्तामा तीन पाउण्ड दिनुहुन्छ ।’