बलिउड फिल्म उद्योगको कुरा गर्ने हो, यो उद्योग विश्वको दोस्रो नम्बरमा पर्छ । भारतमै पनि अन्य फिल्म इन्डस्ट्रीहरु तामिल, तेलुगु, कनडा, मलेआलाम रहेका छन् जसको बिजनेश पनि निकै ठुलो रहेको छ ।
यी उद्योगलाई सफल तथा राम्रा फिल्महरु निर्माण गर्ने रुपमा चिनिने गर्छन् । बलिउडमा यस्ता धेरै फिल्महरु निर्माण भएका छन् जुन दक्षिण भारतीय फिल्मबाट कपी गरिएको हो । कपी गरेर निर्माण गरे पनि ती फिल्महरुले बक्स अफिसमा रेकर्डब्रेक कमाइ गर्न सफल रहे । आउनुहोस् हेरौ १० बलिउड फिल्महरु जुन दक्षिण भारतीय फिल्मबाट कपी गरिएका हुन् ।
१. फोर्स
सन् २०११ मा आएको यो बलिउड फिल्ममा जोन अब्राहम र जेनेलिया डि‘सोजाको प्रमुख भुमिका रहेको थियो । यो फिल्म सन् २००३ मा बनेको तामिल फिल्म काखा काखाबाट कपी गरिएको हो । उक्त फिल्ममा सुर्या र जोतिकाको प्रमुख भुमिका रहेको थियो ।
२. ढोल
सन् २०१० मा प्रियादर्शनले निर्माण गरेको कमेडी फिल्म ‘ढोल’ मलेआलम फिल्म इन हरिनगरबाट लिइएको हो । यो फिल्म सन् २००७ मा रिलिज भएको थियो ।
३. बिल्लु
सन् २००९ मा प्रियादर्शनले निर्देशन गरेको फिल्म बिल्लु रिलिज भएको थियो । यो फिल्ममा इरफान खानको प्रमुख भुमिका थियो । यो फिल्म सन् २००७ मा रिलिज भएको कत्था पारायुमपलबाट कपी गरिएको थियो ।
४. रेड्डी
सलमान खान र असीको प्रमुख भुमिका रहेको यस फिल्मले बक्सअफिसमा रेकर्ड नै बनाएको थियो । यो फिल्म तेलुगु फिल्मबाट कपी गरिएको हो । तेलुगुमा पनि सोही नाम फिल्मको रहेको थियो । उक्त फिल्ममा राम र जेनेलियाको प्रमुख भुमिका रहेको थियो ।
५. बडीगार्ड
सलमान खानको अर्को बलकबस्टर फिल्म हो बडीगार्ड । सन् २०११ मा रिलिज भएको यस फिल्ममा सलमान र करिनाको प्रमुख भुमिका रहेको थियो । यो फिल्म मलेआलम फिल्मबाट कपी गरि निर्माण गरिएको हो । उक्त फिल्ममा दिलिप, नयनतारा र मित्थ्रा कुरिनको प्रमुख भुमिका रहेको थियो ।
६. वान्टेड
सलमान खानको करिअरलाई निकै माथि पुर्याउन सफल रह्यो फिल्म वान्टेड । यो फिल्म सन् २००९ मा रिलिज भएको थियो । तर, यो फिल्म तामिल फिल्मको रिमेक रहेको थियो । उक्त फिल्ममा महेश बाबुको प्रमुख भुमिका रहेको थियो ।
७. सिंगम
सन् २०११ मा अजय देवगनको ठुलो चर्चा भयो । फिल्म सिंगममा उनको भुमिका हिट भयो । बक्स अफिसमा राम्रो कमाइ समेत गर्यो । यो फिल्म सन् २०१० मा निर्माण भएको तामिल फिल्मबाट कपी गरिएको थियो । उक्त फिल्ममा सुर्याको प्रमुख भुमिका रहेको थियो ।
८. भुल भुलैया
प्रियादर्शनको निर्देशनमा बनेको यो फिल्म सन् २००७ मा रिलिज भएको थियो । यो फिल्म मलेआलम फिल्म मनीचित्राथाजुबाट कपी गरेर निर्माण गरिएको थियो । यो फिल्म सन् १९९३ मा रिलिज भएको थियो ।
९. हेरा फेरी
सन् २००० मा रिलिज भएको फिल्म हेरा फेरीले बलिउड फिल्ममा कमेडी फिल्मको नयाँ सुरुवात गर्न मदत गर्यो । यो फिल्ममा अक्षय कुमार, सुनिल सेट्टी र परेस्रावलको प्रमुख भुमिका रहेको थियो । यो फिल्म सन् १९८९ मा रिलिज भएको फिल्मको पुरै कपी रहेको थियो ।
१०. गजनी
सन् २००८ मा आमिर खानका् फिल्मले बक्स अफिसमा सबै रेकर्ड तोड्न सफल रह्यो । यो फिल्म पनि सन् २००५ मा बनेको तामिल फिल्म गजनीबाट कपी गरिएको थियो । उक्त फिल्ममा सुरियाको प्रमुख भुमिका रहेको थियो ।