एक कार्यक्रमका लागि कासी पुगेकी नेपाली मूलकी बलीउड अभिनेत्री मनिषा कोइरालाले पत्रकारसँग कुरा गर्न अस्विकार गरेकी छिन् । गंगा घाटमा डुङ्गा चढ्ने क्रममा जब पत्रकारले उनलाई प्रश्न सोधे तब उनले एउटै जवाफ दिइन्, ‘मलाई मेरो व्यक्तिगत जीवन बाँच्न दिनुहोस् ।’
डुङ्गा चढ्दै गर्दा मनिषाले साथीहरुसँग सेल्फी लिइन् र पुजाआजा गरिन् । त्यसपछि उनले कासीको गल्लीमा शपिङ गरिरहेको पनि देखिइन् । वाराणसीके मल्दहियामा मनिषा एक कपडा शोरुमको उद्घाटनका लागि पुगेकी थिइन् । यहि क्रममा उनले आफ्ना लागि पनि केही कपडा किनिन् । योभन्दा पहिले उनले मिर्जापुरको बिन्ध्यवासिनी धाममा पूजाआजा गरिन् । मनिषाको ‘डियर माया’ नामक नयाँ फिल्म रिलिजको तयारीमा छ ।