पोर्टो रीकोकी स्टेफनी डलले यस बर्षको ‘मिस वर्ल्ड २०१६’ को ताज जितेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा आयोजना भएको विश्व सुन्दरी प्रतिस्पर्धामा स्टेफनी डलले ‘मिस वर्ल्ड २०१६’ को उपाधी जितेकी हुन् ।
१९ बर्षकी यी सुन्दरीले ११६ देशका सुन्दरीलाई उछिन्दै विश्वको चर्चित सौन्दर्य प्रतियोगीताको टाइटल जितेकी हुन् । पोर्टो रीकोले दोश्रो पटक यो उपाधी हात पारेको हो ।
५ फिट ८ इन्च अग्ली यी सुन्दरीले विश्व सुन्दरी प्रतियोगीतामा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताएकी थिइन् । सन् २०१३ की विश्व सुन्दरी मेगन यङ र कलाकार जेसन कुकले सन् २०१६ को ‘मिस वर्ल्ड’ कार्यक्रम संचालन गरेका थिए ।
यस्तै, यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा डोमिनिकन रिपब्लिककी यारित्जा मिगलिना फस्ट रनरअप भइन् भने इन्डोनेसियाकी नतासा सेकेन्ड रनरअप हुन सफल भइन् ।