कंगना रणवतले आफ्नो पारिश्रमिक बढाएको खबर केही दिनदेखी निकै भाइरल बनिरहेको छ । भारतिय सञ्चार माध्यमहरुका अनुसार उनले आफ्नो पारिश्रमिक १५ करोड भारतीय रुपैंया बनाएकी हुन । उनले आफ्नो पारिश्रमिक ३ करोडबाट ५ गुणा बढाएर एकैचोटी १५ करोड बनाएकी हुन् ।
खबरका अनुसार उनले दुईवटा निर्माता सँग प्रतिफिल्म १५ करोड रुपैंया मागेकी छन् यसअघि सबैभन्दा बढी पारिश्रमिक लिने नायिकामा अहिले दिपिका पादुकोण रहेकी थिइन् । उनले प्रति फिल्म १३ करोड भारु लिने गरेकी छन् ।
यी हुन् धेरै पारिश्रमिक लिने १० नायिकाहरु :
१.कंगना रणावतः १५ करोड
२. दिपिका पादुकोणः १३ करोड
३. करीना कपूरः ९ करोड
४. प्रियंका चोपडाः ९ करोड
५. विद्या बालानः ७ करोड
६. कटरिना कैफः ७ करोड
७. अनुश्का शर्माः ६ करोड
८. सोनाक्षी सिन्हाः ६ करोड
९. श्रद्धा कपूरः ५ करोड
१०. आलिया भट्टः ३ करोड