बलीउड अभिनेत्री मल्लिका सेरावत भारतका कार्यक्रमहरूमा नदेखिएको लामो समय भइसकेको छ । हुन पनि कसरी अहिले उनी फ्रान्समा रमाइरहेकी छिन् । निकै अघि फ्रान्स पुगेकी यी अभिनेत्री अब तत्काल भारत नफर्किने अनुमान पनि गरिएका छन् । यस्तो अनुमान किन गरिएको हो भने उनी अहिले फ्रेन्च ब्वायफ्रेण्डसँग घुमघाममा मस्त छिन् । त्यसो त केही अनलाइनले मल्लिकाले फ्रेन्च ब्वायफ्रेण्ड साइरिल अक्जेनफेन्ससँग विवाह गरिसकेको पनि दाबी गारेका छन् । भारतीय मिडिया ‘दैनिक भास्कर’ ले एक न्युज पोर्टलको हवाला दिँदै लेखेको छ, ‘मल्लिकाले साइरिलसँग विवाह गरिसकेकी छिन् ।’ तर, मल्लिका फ्रान्समा रहनुको यो मात्रै पनि कारण होइन । उनले अहिले ‘फ्रेन्च कुकिङ’को कक्षा लिइरहेको पनि दाबी गरिएको छ ।