बलीउड अभिनेत्री करीना कपूर खानले आफ्ना फ्यानहरुलाई सबैभन्दा खुसीको खबर दिएकी छिन । करीना कपूर र सैफ अली खानको जिन्दगीमा नयाँ पाहुना आएको छ, हो करिनाले आज विहान छोरालाई जन्मदिएकी छिन ।
मीडिया रिर्पोट्सका अनुसार आज विहान ७:३० मा मुम्बईको ब्रीच केण्डी अस्पतालमा करिनाले छोरालाई जन्मदिएकी हुन । सैफ अली खानले बताएका छन् कि करिना र बच्चाको अबस्था अहिले सामान्य छ । सैफले भने, ‘म आफ्नो छोरा तैमूर खान अली पटौदीको खबर तपाईहरुलाई दिन पाउँदा निकै खुसी छु । म मिडियालाई धन्यवाद दिन चाहन्छु, जसले करिब ९ महिनादेखी हाम्रो सपोर्ट गर्नुभएको थियो । करिनाको स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मेरो र करीनाको तर्फबाट तपाईहरु सबैलाई मेरी क्रिसमस र हैप्पी न्यू ईयर ।’
केही दिन अगाडी मात्र प्रेग्नेन्ट करीना कपूर प्री(क्रिसमस पार्टीमा आफ्नो बेस्ट फ्रेण्ड्सका साथ क्यामेरामा कैद भएकी थिइन ।