गएको १५ महिना देखी यो कुराले दर्शकहरुलाई हैरान बनाइरहेको छ कि कटप्पाले बाहुबलीलाई किन मारे ?’ शायद यसको जबाफ पाउनका लागी अझै दर्शकहरुले ६ महिना पर्खिनु पर्ने भएको छ ।
यसबाट ‘बाहुबली’ फिल्म जत्तिकै चर्चा कटप्पा पात्रले नि पायो। आखिर को हुन् त ‘कटप्पा’ ? उनी चेन्नई, तमिलनाडु, भारतको एक तमिल फिल्म अभिनेता र मीडिया व्यक्तित्व हुन् । तमिल कार्यकर्ता र राजनीतिक रूपमा प्रभावशाली हुँदा हुँदैपनि उनले सय भन्दा बढी फिल्महरुमा काम गरिसकेका छन् । २०१५ को ब्लकबस्टर फिल्म ‘बाहुबली’ मा ऐतिहासिक भुमिका निर्वाह गरेका सत्यराजले आफु्नो भुमिकालाई यस्तो जिवन्त गरेका छन् कि अब मान्छेहरु उनलाई कटप्पाको नामबाट चिन्ने गरेका छन् । ‘बाहुबली’ फिल्ममा कटप्पाले बाहुबलीको भुमिका निर्वाह गरेका प्रभासलाई मारेपछि अहिले यही कुराले यसको सिक्वेल ‘बाहुबली २’ लाई प्रतिक्षित समेत बनिरहेको छ । फिल्मको हाइ बजेटका कारण चर्चामा रहेको फिल्मबाट मुख्य कलाकारहरूले करोडौंको पारिश्रमिक बुझ्दा उनले भने १ करोड मात्र पारिश्रमिक पाए। शाहरूखको चेन्नई एक्सप्रेसका लागि पनि उनले १ करोड नै बुझेका थिए।