अमेरिकी पत्रिका फोब्र्सले सन् २०१६ मा सर्वाधिक कमाई गर्ने भारतीय कलाकारहरुको सूची सार्वजनिक गरेको छ । सुचीको पहिलो स्थानमा बलीउडका सुपरस्टार सलमान खान छन् । सलमानले एक वर्षमा दुई अर्ब ७० करोड ३३ लाख भारतीय रुपैयाँ कमाइ गरेको पत्रिकामा उल्लेख गरिएको छ । यस हिसाबले सलमानको प्रत्येक घन्टाको कमाई तीन लाख भारु हुन आउँछ । सलमान अभिनित फिल्म सुल्तान २०१६ कै सर्वाधिक सफल चलचित्र मानिएको छ । सन् २०१५ को अन्त्यमा रिलिज भएको प्रेम रतन धन पायोबाट पनि उनले सफलता पाएका थिए । अघिल्लो वर्षमा एक नम्बरमा रहेका नायक शाहरुख खान यसपटक दोस्रो स्थानमा पुगेका छन् । उनको एक वर्षको कमाई दुई अर्ब २१ करोड ७५ लाख भारतीय रुपैयाँ रहेको छ । यसैगरी तेस्रो स्थानमा क्रिकेट स्टार बिराट कोहली छन् । उनको एक वर्षको आम्दानी एक अर्ब ३४ करोड ४४ लाख भारतीय रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कोहली सातौं नम्बरमा थिए । बलिउड अभिनेता आमिर खान टप टेनको सुचीमा यसपटक अटाउन सकेनन् । उनी अघिल्लो वर्ष पाचौं स्थानमा थिए । बलिउड अभिनेत्री प्रियंका चोपडा आठौं स्थानमामा छिन् भने टप टेनको सुचीमा अक्षय कुमार, महेन्द्र सिंह धोनी, दीपिका पादुकोण, सचिन तेन्दुलकर, अमिताभ बच्चन र ऋतिक रोसन परेका छन् ।