छोरा तैमूर अली खान पटौदीको जन्मपछि सैफ अली खान सधैका लागि फिल्मबाट ब्रेक लिने तयारी बनाइरहेका छन् । खबरका अनुसार अब सैफ आफ्नो छोरा र श्रीमतीसँग बढी समय विताउन चाहन्छन् । जसका लागि चाँडै सैफले फिल्मबाट ब्रेक लिन खोजिरहेका छन् । सैफ अहिले फिल्म ‘शैफ’ मा काम गरिरहेका छन । जसको काम चाँडै सुरु हुँदैछ । तर, सैफले छोराको जन्म भएपछि यो फिल्मको शूटिंग जनवरीसम्मलाई धकलिदिएका छन् । डायरेक्टर राजा कृष्णा मेननका अनुसार फिल्मको शूटिंग फरवरीसम्म सकिनेछ । फिल्मका केही दृश्यहरु केरला, गोवा, दिल्ली र अमृतसरमा शुट गरिनेछ ।