शाहिद कपूर र मीरा राजपूतले कफी विद करन च्याट शोमा इन्ट्री लिएका छन । शोका मेकर्सले यसको प्रोमो रिलिज समेत गरेको छ । पहिलो पटक कुनै टिभीमा एकसाथ देखिएका शाहिद-मीराको जोडी निकै अमेजिंग देख्न सकिन्छ । त्यहाँ मिराले यो कुराको पनि खुलासा गरेकी छिन् कि उनी शाहिदले गर्ने डकारबाट दिकदार छिन् ।
प्रोमोमा मीरा भन्छिन् कि ‘हामी एकअर्काको विषयमा सबै कुरा जान्दछौ ।’ यस विषयमा शाहिद भन्छन् कि ‘अहिले पनि तिम्रो ब्वायफ्रेण्ड्सको बारेमा डिस्कवर गरिरहेको छु ।’ हाँस्दै करण सोध्छन् कि ‘शाहिदको एक्सको बारेमा हामी सबैलाई थाहा छ, मीरा तिमी शाहिदभन्दा पहिला कति जनासँग रिलेशनसिपमा थियौं ?’ यसमा झट्दै शाहिदले चाहिँ उत्तर दिए -‘म भन्दा कम चाहिँ छैन ।’
यस्तो छ शाहिदको अफेयर लिस्ट
शाहिदको फिल्मको लिस्ट जति लामो छ, उनको अफेयरको लिस्ट पनि त्यति नै लामो देख्न सकिन्छ । फिल्म इन्डस्ट्रीमा कदम राख्नसाथ उनको अफेयर करीना कपूरसँग सुरु भएको थियो । करीना अब सैफ अली खानकी दुलही बनिसकेकी छिन, तर शाहिदको साथ उनको सम्बन्धको कुरा सारा बलीउड जान्दछ । करीनापछि उनको अफेयर्सको लिस्टमा प्रियंका चोपड़ा, विद्या बालन, अनुष्का शर्मा, बिपाशा बसु, अमृता राव, सोनाक्षी सिन्हा र हुमा कुरैशी पनि जोडिएका थिए ।