बलीउड सुपरस्टार सलमान खान आजबाट ५१ औं बर्षमा लागेका छन् । २७ दिसंबर १९६५ मा जन्मिएका सलमानले बलीउडमा काम गरेको पनि २५ बर्ष बढी भएको छ ।
त्यसो त सलमानलाई प्रोफेशनल लाइफको पर्दामा तपाईहरुले निकै देख्नु भएको छ, तर आज हामी तपाईहरुलाई ल्याएका छौ कि सलमानका पर्दा पछाडीका केही नदेखिएका तस्बिरहरु, सायद यी तस्बिरहरु देखेर तपाईहरु पनि हैरान बन्नुहुन्छ ।
सलमानको असली नाम अब्दुल राशिद सलीम सलमान खान हो । पाँच भाई बहिनी (सलमान, अरबाज, सोहेल, अलवीरा र अर्पिता) मध्ये सलमान खान सबैभन्दा जेठा हुन ।
सलमानको फेमिलीको कुरा गर्ने हो भने उनका पिता सलीम खान बलीउडका फेमश राइटर हुन, आमा सुशीला चरक (सलमा) हाउस वाइफ हुन । सलमानकी दोस्रो आमा हेलन आफ्नो जमानाकी फेमश आइटम डान्सर थिइन ।
सलमानले १९८८ मा जे.के. बिहारीको फिल्म ‘बीवी हो तो ऐसी’ बाट बलीउडमा इन्ट्री गरेका थिए । तर, उनी लीड रोलमा भने पहिलो पटक १९८९ मा सूरज आर बडजात्याको फिल्म ‘मैंने प्यार किया’ मा देखिएका थिए ।
सलमानले अहिलेसम्म करिब ७६ बढी दमदार फिल्ममा काम गरिसकेका छन् । उनका १० फिल्मले बलीउड बक्सअफिसमा सय करोडमाथीको विजनेश गरिसकेको छ ।