भारतीय अभिनेत्री कट्रिना कैफको सलमान खान र रणवीर कपुर, दुबैसँग प्रेम सम्बन्धमा रहिसकेकी छिन् । तर उनले एउटालाई साथ दिनुपर्यो भने कसलाई साथ देलिन्य ? यसको बारेमा कट्रिनाले केही बोलेको त छैनन्, तर उनको व्यवहारले भने यो प्रश्नको उत्तर सजिलै दिइरहेको छ ।
अभिनेत्री कटरीना कैफ र रणवीर कपूरको ब्रेकअपले सिनेमा जग्गा जासुस यतिबेला रिलिजको सुरसारमा छ । चार बर्ष पहिले देखि निर्माण सुरु भएको सिनेमाको सुटिङ कट्रीना र रणवीरको ब्रेकअपका कारण बल्ल तल्ल पूरा भयो, तर प्रमोशनमा भने समस्या भएको छ । कारण उनै कट्रिना ।
कट्रिनाले सन् २०१७ मा सलमान खानसँग टाइगर जिन्दा है चलचित्रमा अभिनय गर्दैछिन् । त्यसो भव्य तयारीमा लागेकी कट्रिनाले रणवीरसँगको चलचित्रको प्रमोसनका लागि भने कुनै समय उपलब्ध गराएकी छैनन् । यसका कारण चलचित्रको व्यापारलाई ठूलै धक्का लाग्नसक्ने अनुमान गरिएको छ । सलमानको फिल्मका लागि मेहेनत गरिरहेकी कैट अप्रिलमा रिलिज हुने रणवीरको जग्गा जासुसलाई भने पूर्ण रुपमा बेवास्ता गरिरहेकी छिन् । कट्रिनाको यो व्यवहारले उनी रणवीरसँग पनि प्रेममा परेकी भएपनि सलमाननै उनको पहिलो रोजाइ रहेको देखिएको छ ।