बलिउड सुपरस्टार शाहरुख खानले बाल्यकालमा आफूले हाँस्यव्यंग्यका किताब किन्नका लागि परिवार र साथीभाईसँग पैसा सापटीमा लिने गरेको खुलासा गरेका छन् । उनले अहिले पनि आफू हास्य भूमिकाको प्रशंसक रहेको उनको भनाई छ ।
शाहरुखले निकलोडियन किड्स च्वाइस पुरस्कार २०१६ मा आफ्नो बचपनका बारेमा यस्तो रहस्य खोलेका हुन् । उनलाई किड्स आइकनको रुपमा बार्षिक पुरस्कारबाट सम्मानित गरिएको हो । शाहरुखले भने, ‘जुनबेला म सानो थिए, मलाई ठूलो हुन मन लाग्थ्यो, अहिले ठूलो भए अनी त्यही बचपनको याद आउँछ ।’ उनले जीवनकै सबैभन्दा आनन्ददायक क्षण त्यही भएको बताएका छन् ।