बैशाख १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नायक निखिल उप्रेती स्टारर चलचित्र ‘राधे’ को फस्र्टलुक पोष्टर रिलिज भएको छ । सार्वजनिक दुई फस्र्ट लुक पोष्टरमा नायक निखिल उप्रेतीलाई एक्शन लुक्समा देख्न सकिन्छ । जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राधे’ मा निखिलका अलवा प्रियंका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ । त्यस्तै चलचित्रमा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् । चलचित्रका निर्माता सुशिल पोख्रेलले पहिलो पटक फरक कथावस्तुमा चलचित्र ‘राधे’ निर्माण गरेको जानकारी दिए ।