कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ ले आजबाट प्रदर्शनको ५१ औं दिन मनाएको छ । चलचित्र ‘छक्का पन्जा’ पछि सफलताको खुसीयाली अहिले ‘जात्रा’ ले मनाइरहेको छ । नेपाली चलचित्रको इतिहासमा नै रेकर्ड तोड विजनेश गरेको चलचित्र ‘छक्का पन्जा’ पछि ‘जात्रा’ ले पनि ५१ दिनसम्म आइपुग्दा ५ करोड ग्रस कलेक्शन गरिसकेको खबर छ । यो चलचित्र पनि यस बर्ष सर्वाधिक विजनेश गर्ने चलचित्रको रुपमा दर्ता भएको छ । केही दिन अगाडी मात्र जात्रा निर्माणपक्षले चलचित्रको खुसीयालीमा बनभोजमो आयोजना गरेको थियो । अहिले यो चलचित्र काठमाडौंको गुण सिनेमा हल र सिभिल क्यूएफएक्समा प्रदर्शन भइरहेको छ भने हिजो बिहिबारबाट सर्लाहीको हरिवन सिनेमा हलमा पनि प्रदर्शन सुरु भएको छ ।
समिक्षकको प्रशंसा र माउथ पब्लिसिटीका कारण पनि दर्शकको संख्या ५१ दिनसम्म आइपुग्दा पनि उल्लेख्य रहेको चलचित्रका निर्देशक प्रदिप भट्टराईले बताएका छन् । चलचित्र ‘जात्रा’ मा बर्षा राउत, प्रेक्षा बज्राचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियँया, रविन्द्र झा, प्रकाश घिमिरे, प्रविन खतिवडा, कमलमणी नेपाल, प्रियंका झा, भोला राज सापकोटा, निलकाजी शाक्य, साजन थापा मगर, सुरेश कार्की, सफर पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रका कलाकार समेत रहेका रविन्द्र सिंह बानियाँ ‘जात्रा’ को कार्यकारी निर्माता हुन् भने सिंगे लामा र यादव पौडेल निर्माता हुन्।