बलीउडस्टार सलमान खानसँग ब्रेकअप भएपछि क्याटरिना कैफको रणवीर कपुरसँग अफेयर चलेको थियो । रणवीर र क्याटरिना लामो समयसम्म प्रेम सम्बन्धमा रहे । जहाँ जाँदा पनि उनीहरू सँगै देखिन्थे । तर, केही समयपछि उनीहरूबीच पनि ब्रेकअप भयो । ब्रेकअपपछि रणवीर र क्याटरिना विरक्तिएर हिँडेका थिए । पछिल्लो समय क्याटरिना अभिनेता आदित्य राय कपुरसँग देखिने गरेकी छिन् । क्याटरिना र आदित्य निकट रहेको खबर केही समयअघि नै आएको थियो । त्यतिवेला क्याटरिना रणवीरको पार्टी छाडेर आदित्यको घर पुगेकी थिइन् । तर, पछिल्लो समय उनीहरू खुलेआम विभिन्न स्थानमा देखापर्ने गरेका छन् । पार्टीमा सँगै जाने, कारमा सँगसँगै हिँड्ने तथा मध्यरातमा पनि उनीहरू सँगै भेटिने गर्दछन् । रणवीरसँग ब्रेकअपपछि चिन्तित देखिने गरेकी क्याटरिनाले आदित्यसँगको सम्बन्ध मिडियामा आफैँले ल्याएको दाबी गरिएको छ ।