आमिर खान अभिनित चलचित्र ‘दंगल’ ले रिलिजको ८ औं दिनसम्ममा २ सय करोड माथीको विजनेश गरिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार, शुक्रवार दंगलले भारतीय बक्सअफिसमा १८.५९ करोड कलेक्शन गरेको छ । योसँगै फिल्म ‘दंगल’ को कमाई २१६ करोड पुगेको छ । ‘दंगल’ सबैभन्दा चाँडै २०० करोड पार गर्ने चलचित्र मध्ये दोस्रो स्थानमा दर्ता भएको छ । यो लिस्टमा सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ पहिलो स्थानमा छ, जसले प्रदर्शनको ७ दिनमा नै २ सय करोडमाथीको विजनेश गरेको थियो ।
‘दंगल’ ले ८ दिनमा नै कयौं फिल्मको लाइफटाइम कलेक्शनलाई समेत पछाडी छोडिदिएको छ । हाईएस्ट ग्रसर्सको लिस्टमा यो फिल्म ७ औं स्थानमा सामेल भएको छ । जुन फिल्मको लाइफटाइम कलेक्शनभन्दा दंगल अगाडी छ । त्यसमा फिल्म ‘प्रेम रतन धन पायो’ (२१० करोड), ‘हैप्पी न्यू ईयर’ (२०५ करोड), ‘३ इडियट्स’ (२०३.५ करोड), र ‘एक था टाइगर’ (१९९ करोड) छन् ।
‘दंगल’ ले यसरी बनायो माइलस्टोन
दुई दिनमा ५० करोड
तीन दिनमा १०० करोड
पाँच दिनमा १५० करोड
आठ दिनमा २०० करोड
ओवरसीजमा पनि गरिरहेको छ बम्पर कमाई
२३ दिसम्बरमा रिलिज भएको ‘दंगल’ ले इण्डियामा मात्र होइन, ओवरसीजमा पनि बम्पर कमाई गरेको छ । तरण आदर्शको ट्वीटका अनुसार, शुक्रवारसम्म ओवरसीजमा यो फिल्मको कमाई १२२.५९ करोड ग्रस छ ।
वर्ल्डवाइड कलेक्शन ४ सय करोड
फिल्मको ग्रस कलेक्शनको कुरा गर्ने हो भने त वर्ल्डवाइड दंगलले ४०० सय करोडको आँकडा पार गरिसकेको छ । फिल्मले इण्डियामा मात्र २९५.१३ करोडको ग्रस कलेक्शन गरिसकेको छ र ओवरसीजमा यसको ग्रस कलेक्शन १२२.५९ करोड छ । यदी यसलाई मर्ज गर्ने हो भने त वर्ल्डवाइड फिल्मको ग्रस कलेक्शन ४१७.७२ करोड पुगिसकेको छ ।