बलीउड नायिका श्रद्धा कपुरको अफेयर र ब्रेकअपको हल्लाहरु पटक पटक बाहिर आइरहेकै हुन्छन् तर यसपटक भने उनका कारण फरहान अख्तरको घरमा भूकम्प आएको छ । एक भारतीय अनलाइनका अनुसार, श्रद्धा कपुर र फरहान अख्तरबीचको लिंकअपको समाचार ‘रकअन २’ देखी आइरहेको थियो। यो कुनै अनौठो भने थिएन । बलीउडमा फिल्म रिलिज हुनासाथ यस्तो समाचार आउनु सामान्य मानिन्छ। यी दुईको ‘रकअन २’ फ्लप रह्यो तर उनीहरुको लभ स्टोरी भने हिट देखियो । श्रद्धा फरहानको प्रेममा यसरी परिन्, उनी फरहानको घरमै लिभइन रिलेशनमा बस्न थालिन्। केही दिनसम्म त श्रद्धा अनेक बहानामा फरहानको घरमा बसिसकेकी थिइन्। तर, यो खबर उनका पिता शक्ति कपुरले थाहा पाए। यसपछि उनी गत आइतबार फरहानको घर पुगे। निकै रिसमा फरहानको घर पुगेका शक्तिले त्यही आफ्नो भिलेन रुप देखाए । शक्तिसँग श्रद्धाकी फुपू पद्मिनी कोल्हपुरी पनि साथमा थिइन । शक्तिले त्यहीँबाट श्रद्धाको हात समातेर लछार्दै घर लिएर गए । श्रद्धाको यो निर्णयले कपुर परिवारमा अहिले ठूलै हंगामा मच्चिएको छ । फरहानले गत वर्ष मात्रै श्रीमती अधुनासँग डिभोर्स गरेका थिए। उनी दुई बच्चाका बाबु समेत हुन्।