नायिका निशा अधिकारीले चलचित्र निर्माणमा हात हालेकी छिन् । पछिल्लो समय धेरै नेपाली नायिकाहरु चलचित्र निर्माणमा अग्रसर भएको अबस्थामा निशाले पनि नायिका वेनिशा हमाल र नायक सौगात मल्ललाई लिएर चलचित्र ‘झ्यानाकुटी’ निर्माण गर्न लागेकी हुन् । नायिका अधिकारीले केही दिन अगाडी नै चलचित्रको लीड नायिकामा वेनिशा हमाललाई फाइनल गरेकी थिइन भने सौगात हालै लीड नायकमा फाइनल भएका हुन । तर, सौगातको व्यस्त सेडूलका कारण चलचित्रको छायाँकन भने केही पर सरेको छ । आफु अभिनित चलचित्र ‘शब्द’ को प्रिमियरमा अष्ट्रेलिया जान लागेका कारण सौगात नेपाल फर्किएपछि ‘झ्यानाकुटी’ को छायाँकन सुरु हुने बताइएको छ । नायिका वेनिशा हमाल र नायक सौगात मल्लले एकसाथ पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन । चलचित्रमा निशाको भने अभिनय रहने छैन । खबरका अनुसार, ‘झ्यानाकुटी’ मा निशाको लगानी मात्र रहनेछ । चलचित्र ‘झ्यानाकुटी’ को सम्पूर्ण छायांकन भने घले गाउँमा हुने निशाले बताइन । यो चलचित्रको निर्माणमा नायिका अधिकारीलाई सिमोस सुनवारले सहयोग गर्नेछन् । चलचित्रका निर्देशक पनि सिमोस नै हुन । द एल्लो ब्याण्ड क्रियसनको ब्यानरमा यो चलचित्र बन्नेछ ।