तीन जना खान नायकहरुको दबवदबा रहेको बल्ीउडको मन्त्र नै मनोरञ्जन भएको छ । दर्शकलाई मनोरञ्जन चाहिएको छ अनी फिल्मवालालाई पैसा, यही समझदारीले बलिउड अगाडी बढिरहेको छ । सन् २०१६ पनि सकिएको छ तर बलिउडमा भने पुरानै स्थिती छ, जहाँ तीन खान सुपरस्टारका फिल्मले मात्रै भारु ३ सय करोड माथिको व्यापार गर्छन् ।
अब बलिउडमा दर्शकहरुले तीन खानलाई मात्रै होइन अक्षय कुमारलाई पनि धेरै नै रुचाउन थालेका आभास हुन थालेको छ । यो वर्ष उनका सबै फिल्मले राम्रो व्यापार गर्नुले पनि यो कुराको संकेत गरेको छ ।
बलीउडका नायकहरुको सन् २०१६ कस्तो रह्यो त ? हेर्नुस् :-
सलमान खान
यो वर्षको सबैभन्दा सुपरहिट चलचित्रको रुपमा सलमान खानले अभिनय गरेको सुल्तानले भारु ३०० करोड भन्दा बढी कमाएको छ । समिक्षकहरुको राम्रो तारिफ बटुलेको सुल्तानले गज्जबको व्यापार गर्यो, जसमा सलमानको स्टारडमले ठूलो भुमिका खेलेको थियो ।
आमिर खान
आमिर यो वर्ष दंगलमा फिल्ममा धमाकेदार अभिनयको कारणले सबैको मन जित्न सफल भएका छन् । यस फिल्मले व्यापार त गजबको गरेकै छ तर त्यो भन्दा महत्वपूर्ण उनले दर्शक र समिक्षक दुवैबाट वाहवाही बटुलेका छन् जसले यस फिल्मले अझै राम्रो व्यापार गर्ने निश्चित छ ।
शाहरुख खान
शाहरुख खानको लागि यो वर्ष औसत रह्यो । उनी अभिनित फिल्म फ्यानले आशातित व्यापार गर्न सकेन् । उनको दोस्रो फिल्म डियर जिन्दगीले भने राम्रो व्यापार गर्यो तर यो फिल्ममा उनको भन्दा धेरै भुमिका आलिया भट्टको थियो त्यसैले यसको श्रेय उनलाई भन्दा धेरै आलियालाई गयो ।
अक्षय कुमार
अक्षय कुमारको लागि यो वर्ष साँच्चै नै सुखद रह्यो । उनको यो वर्ष आएका तीन फिल्म हाउसफुल ३, एयरलिफ्ट र रुस्तम सबै सय करोड माथिको व्यापार गरे । यी फिल्महरु फरक फरक विद्याका हुँदाहुँदै पनि सबै फिल्म हिट हुनु चानचुने कुरा होइन । उनले एयरलिफ्ट र रुस्तममा देशभक्तिको कार्ड राम्रैसँग प्रयोग गरे जसले पनि फिल्मको व्यापारमा प्रभाव पार्यो ।
यी चार बाहेक अन्य नयाँ पुस्ताका स्टारहरुको बारेमा कुरा गर्दा सुशान्त सिंह राजपुतले हिट फिल्म एमएस धोनीमा उत्कृष्ट प्रस्तुती दिएका छन् । साहिद कपुरले पनि उड्ता पञ्जाबमा राम्रो प्रस्तुती दिए तर उनको अर्को फिल्म शानदार भने खासै चलेन ।
रणविर कपुरको ए दिल हे मुश्किल र रणविर सिंहको बेफिक्रेले राम्रो व्यापार गरेपनि खानहरुका फिल्मले जस्तो तहल्का पिट्न सकेनन् ।
ऋतिक रोशनको मोहेन्जो दारो बक्सअफिसमा नराम्ररी पछारियो । यसैगरी वरुण धवनको ढिसुमले औसत व्यापार गर्यो ।
टाइगर स्रफले बागी जस्तो हिट फिल्म दिए पनि उनको अर्को फ्लाइङ जाट नमजाले फ्लप भयो । सिदार्थ मलहोत्रा कपुर एण्ड सन्सबाट सफल भएपनि उनको अर्को बारबार देखो फ्लप भयो ।
युवा पुस्ताका नायकहरुले सफलताको स्वाद चाखेपनि तीन खान नायकहरु र अक्षयकुमारले जस्तो बक्स असिफसमा प्रभुत्व जमाउन सकेका छैनन् । उनीहरुले राम्रो फिल्म दिन त सक्छन् तर उनीहरुका फिल्मले सलमान र आमिरको जस्तो रेकर्डतोड व्यापार गर्ने सम्भावना खासै छैन् ।
यी सबै कारणहरूले सन् २०१७ मा तीन खानको ठाँउमा आउन सक्ने अक्षयकुमार नै देखिएका छन् हेरौं अगाडी के हुन्छ ?