बलीउडका चल्तीका नायक आदित्य रोय कपुर र नायिका आलिया भट्ट पहिलोपल्ट पर्दामा संगै देखिने भएका छन् । धर्मा प्रोडक्सनले बनाउने हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेकमा यी दुई कलाकारहरु संगै देखिने भएका हुन् । यस फिल्ममा पहिले सैफ अलि खानकी छोरी सारा अली खान र शाहिद कपुरको भाइ इशान खट्टरको मुख्य भुमिका रहने बताइएको थियो तर अब ताजा खबरहरुका अनुसार आलिया भट्ट र आदित्य रोय कपुरले लीड रोल गर्ने बताइएको छ ।
धर्मा प्रोडक्सनका अनुसार आलिया उनीहरुको पहिलो रोजाइकी नायिका हुन यसैगरी आदित्यले पनि धर्मा प्रोडक्सनको फिल्म ओके जानुमा राम्रो काम गरेका छन् । त्यसैले उनी नयाँ फिल्मको लागि पनि पर्फेक्ट भएको बताइएको छ । सबैकुरा ठिकठाक रहेमा यो फिल्म सन् २०१७ को जुलाइसम्म आइसक्ने छ ।