त्यसो त अभिनेता शाहिद कपूरको नाम धेरै अभिनेत्रीहरुसँग जोडिने गर्छ । शाहिद अक्षय कुमारकी श्रीमती उर्फ अभिनेत्री ट्विंकल खन्नालाई निकै मनपराउँथे र उनको पीछा पनि गर्ने गर्थे । शाहिद कपूरले हालैमा चकित बनाउने खुलासा गरेका छन् ।
शाहिदले भने -‘म अक्षय कुमारकी पत्नी ट्विंकल खन्नालाई लुकीछिपी हेर्ने गर्थे र उनको एक झलक देख्नका लागि आमाको साथमा फिल्मको सेट्समा जाने गर्थे ।’
शाहिद कपूरले हालैमा चर्चित च्याट शो कफी विद करणको मञ्चमा यो कुरा बताएका छन् कि जब सानो थिए तब उनी ट्विंकललाई निकै मनपराउँथे । शाहिदकी आमा नीलिमा अजीमले साल १९९७ मा ट्विंकल केको साथ फिल्म ‘इतिहास’ मा काम गरेकी थिएन र त्यस दौरान शाहिद उनलाई होटलको स्विमिंग पूलमा लुकीलुकी हेर्ने गर्थे । शाहिद ट्विंकललाई हेर्नकै लागि पनि जानेर नै आमाको साथमा फिल्मको सेट्समा जाने गर्थे ।