जनवरी १ बाट ६६ वर्षमा लागेका बलिउड अभिनेता नाना पाटेकरलाई आफ्नो आदर्श र सिद्दान्तमा अडिग अभिनेताको रूपमा पनि चिनिन्छ। उनी आफूले गरेको निर्णयबाट हतपति पछाडी हटदैनन्। उनको यही बानीले उनले अभिनेता संजय दत्तसँग हालसम्म अभिनय गरेका छैनन्। सन् १९९३ मा मुम्बईमा भएको बम धमाकासँग जोडिएको उनको दुखद सम्बन्धका कारण यस्तो निर्णय लिएका हुन्। उनी भन्छन्, ‘मैले संजयसँग आफ्नो जीवनमा कुनै काम हालसम्म गरेको छैन् र भविष्यमा पनि गर्ने छैन्। सन् १९९३ को घटनाको मलाई ठूलो दुस्ख छ। मैले सो बम धमाकामा आफ्नो भाइलाई गुमाएको थिएँ। मेरी पत्नीको पनि सोही घटनामा निधन भयो। म यो भन्दिनकी संजय यसमा दोषी छन् तर यस घटनाका लागि उनी जिम्मेवार छन्। त्यसैले म उनीसँग काम गर्दिन। मेरो यो भनाइ न व्यक्तिगत हो न यो हिन्दु-मुसलमानसँग सम्बन्धित छ। म सबैलाई बराबार मान्दछु र यो निर्णय मैले ती व्यक्तिका लागि लिएको हुँ जो त्यो दुर्घटनामा मारिए।’