कपिल शर्माको लोकप्रिय कमेडी शो बलीउड फिल्मको प्रमोशनको लागि महत्वपूर्ण प्लेट फर्म बनेको छ । कपिलको शोमा गएर सलमान खान, शाहरुख खान, अमिताभ बच्चन, अक्षयकुमार लगाएतका ठूला स्टारहरुले आफ्नो फिल्मको प्रमोशन गरिसकेका छन् ।
तर, केही यस्ता नाम पनि छन् जो कपिलको कुनै पनि शो ‘कमेडी नाइट विथ कपिल’ र ‘द कपिल शर्मा शो’ मा अहिलेसम्म देखा परेका छैनन् । दर्शकहरुले कपिलको शो मा हेर्न चाहेका यी सेलिब्रेटीलाई कपिलको शो मा कहिले देख्न सकिन्छ भन्ने यकिन छैन् ।
यी हुन् कपिलको शो मा नगएका ठूला सेलिब्रेटीहरु :
आमिर खान
सन् २०१३ बाट कपिलले टिभी शो चलाइरहेका छन् । त्यतिबेलाबाट आमिरका तीन फिल्म धुम ३, पिके र दंगल रिलिज भइसकेको छ । तर उनी कुनै फिल्मको प्रमोशनको लागि पनि कपिलको शोमा गएका छैनन् ।
रजनीकान्त
सन् २०१३ बाट अहिलेसम्म रजनीकान्तको तीन फिल्म कबाली, लिंगा कोचडयान रिलिज भइसकेको छ । तर, दर्शकहरुलाई आज पनि उनी कहिले कपिलको शो मा आँउछन् भन्ने कुरिरहेका छन् ।
संजय दत्त
सन् २०१३ र २०१४ मा सन्जय दत्तको चारवटा फिल्म कमेडी नाइट्स विथ कपिल सुरु भएपछि आयो तर एक पटक पनि उनी आफ्नो कुनै फिल्म प्रमोट गर्न कपिलको शो मा गएनन् ।
श्री देवी
श्रीदेवी आजसम्म कपिलको शो मा देखिएकी छैनन् । उनको सन् २०१३ बाट कुनै पनि ठूलो फिल्म रिलिज भएको छैन । सन् २०१७मा उनको ‘मम’ फिल्म रिलिज हुँदैछ । आशा गरौं सन् २०१७ मा उनलाई कपिलको शो मा देख्न सकिनेछ ।
नाना पाटेकर
सन् २०१५ मा नाना पाटेकरको फिल्म ‘अबतक छप्पन २’ र ‘वेलकम ब्याक रिलिज भएको थियो । त्यतिबेला कपिलको कमेडी नाइट्स विथ कपिल चलिरहेको थियो । वेलकम ब्याकको प्रमोटको लागि जोन अब्राहम र अनिल कपुर शो मा पगे तर नाना गएनन् ।
राधिका आप्टे
सन् २०१३ बाट अहिले सम्म राधिका आप्टेको धेरै फिल्म सार्वजनिक भइसकेको तर राधिका पनि कपिलको शोमा फिल्म प्रमोट गर्न गएकी छैनन् ।
स्वरा भास्कर
स्वराको सन् २०१३ देखी अहिले सम्म धेरै नै फिल्महरु आइसके तर उनी पनि कपिलको शो मा गएकी छैनन् ।
सचिन तेन्दुकर
कपिल शर्मा आफै मास्टर ब्लास्टर सचिन उनको शो मा आउन् भने चाहन्छन् तर अहिले सम्म सचिन कपिलको शोमा गएका छैनन् ।
महेन्द्र सिंह धोनी
क्रिकेटर महेन्द्र सिंह धोनी पनि अहिले सम्म कपिलको शो मा देखिएका छैनन् । सन् २०१६ म ाधोनीको बायोपिक रिलिज भएको थियो र त्यस समय कपिलको चाहना थिया कि धोनी आफ्नो शो मा आउन् तर धोनीे गएनन् ।
अक्षय खन्ना
अक्षय खन्ना पनि कपिलको शोमा देखिएका छैनन् । अक्षय सन् २०१६ मा ४ वर्ष पछि ढिशुम फिल्ममा भिलेनको रुपमा देखा परेका थिए र यो फिल्मका अन्य कलाकारहरु कपिलको शो गएपनि उनी गएनन् ।
अरविंद केजरीवाल र नरेन्द्र मोदी
भारतिय प्रधानमन्त्री मोदी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल यस्ता दुई सेलिब्रेटी हुन् जसलाई दर्शकहरुले कपिलको शो मा हेर्न चाहेका छन् तर अहिले सम्म उनीहरु पनि आएका छैनन् ।
बाबा रामदेव
अहिले सम्म कपिलको शो मा नआएका अर्का सेलिब्रेटी हुन् बाबा रामदेव । उनी गतवर्ष एक डान्सिङ रियालिटी शोमा योग प्रमोट गर्दै गरेको देखिएका थिए तर कपिलको शो मा भने कहिले आँउछन् भन्न सकिदैंन् ।