बलीउड एक्ट्रेस दीपिका पादुकोण ३१ बर्षकी भएकी छिन् । ५ जनवरी, १९८६ मा डेनमार्कको कोपेनहेगन शहरमा जन्मिएकी दीपिकाले कयौं सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् । ‘कॉकटेल’, ‘ये जवानी है दीवानी’, ‘चेन्नई एक्ट्रेस’, ‘गोलियों की रासलीला-रामलीला’, ‘हैप्पी न्यू ईयर’, ‘पीकू’, ‘तमाशा’, ‘बाजीराव मस्तानी’ जस्ता चलचित्रहरुमा उनले आफ्नो अब्बल अभिनय प्रस्तुत गरिसकेकी छिन् ।
त्यसो त, हरेक मानिस आफ्नो लाइफमा कुनै न कुनै दिन प्रेम गर्छन नै । यसबाट बलीउड स्टार्स पनि कसरी पो टाढा रहन सक्छन् होला र । दीपिका पनि मोडलिंगका दिनहरुमा निहार पांड्यासँगको रिलेशनशिप थिइन् । आफ्नो सुरुवाती दिनमा दीपिका मुम्बईमा रहेको निहारको घरमा बस्ने गर्थिन । निहारसँग दीपिकाको ब्रेकअप रणवीर सिंहसँग इन्वाल्व भएपछि भएको थियो ।
दीपिकाको बर्थडेमा उनका एक्स(ब्वायफ्रेण्ड निहारले बर्थडे विश गर्दै भने, ‘म यही विशेज दिन चाहन्छु कि जसरी अहिले उनले राम्रो काम गरिरहेकी छिन्, त्यसरी नै गर्दै जानु । यो बर्ष पनि उनको अघिल्ला बर्षहरु झै राम्रो रहोस् । उनको प्रदर्शनमा आउन लागेको हलीउड चलचित्रको लागि पनि शुभकामना र म कामना गर्छु कि उनको यो बर्ष अघिल्ला बर्षभन्दा राम्रो होस् ।’